शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोना महामारीको प्रभावः ४ मध्ये १ जना खाद्य सङ्कटको जोखिममा

आइतबार, ०७ असार २०७७, १७ : ०३
आइतबार, ०७ असार २०७७

एजेन्सी । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ ।  कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् । 

खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए । खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निश्कर्ष छ । 

अध्ययनको मुख्य निश्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ । महामारीका बेलामा २५ प्रतिशत बयस्कहरुले खानाका लागि संघर्ष गर्नुपरेको पनि अध्ययन  प्रतिवेदनमा उल्लेख गरिएको छ ।  त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप