शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य ९० हजार नाघ्यो

सोमबार, ०८ असार २०७७, ११ : २४
सोमबार, ०८ असार २०७७

काठमाडौं – सुनको मूल्य ९० हजारभन्दा माथि पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । 

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप