शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडाका पिताका लागि निक जोनसको भावुक सन्देश – काश तपाईंलाई भेट्ने मौका पाएको भए

सोमबार, ०८ असार २०७७, १२ : ४०
सोमबार, ०८ असार २०७७

बलिउड नायिका प्रियंका चोपडाका श्रीमान् र अमेरिकी गायक निक जोनसले फादर्स डेको मौकामा अबेर राती सोसल मिडियामा एउटा भावुक सन्देश सेयर गरे । यसमा उनले आफ्ना पिता पल केविन जोनस र दिवंगत ससुरा अशोक चोपडालाई सम्झिए । आफ्नो पोस्टमा उनले दुबैको एउटा–एउटा फोटो पनि सेयर गरे ।

फोटो सेयर गर्दै निकले आफ्ना पिताका लागि लेखे, ‘यहाँ भएका सबै पितालाई ह्यापी फादर्स डे । मेरा पिता मेरा लागि सधैं हिरो हुन् र भविष्यमा पनि रहनेछन् । पापा जोनस लभ यू एण्ड मिस यू ।’

थप उनले लेखे, ‘डा. अशोक चोपडा, काश मैले तपाईंलाई भेट्ने मौका पाएको भए । तपाईंले उत्कृष्ट छोरी हुर्काउनु भएको छु र म धन्य छु कि हामीले एक–अर्कालाई पायौं । र तपाईंहरु सबैका लागि जो आफ्ना पितासँग हुनुहुन्नँ, म तपाईंहरुबारे सोचिरहेको छु र तपाईंलाई प्रेम पठाइरहेको छु ।’

प्रियंकाले पनि लेखिन् सन्देशः

प्रियंका चोपडाले पनि फादर्स डेका लागि आफ्नो पोस्टमा पिता र ससुराको फोटो सेयर गरिन् । यसका साथै उनले लेखिन्, ‘हुनसक्छ, हामी दुईले यी सबै आफ्नो पितामार्फत् पाएका छौं । यो दिन मनाइरहनेहरु सबैलाई ह्यापी फादर्स डे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप