शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आइफोन बोक्ने आन्दोलनकारी’

सोमबार, ०८ असार २०७७, २२ : ०१
सोमबार, ०८ असार २०७७

-बिपिन गैरे 

कोरोना माहामारीका बेला सरकारको कार्यशैली, असंवेदनशीलता र कुशल नेतृत्वको अभावका कारण देशभर स्वतस्फूर्तरुपमा युवाहरू केही दिनयता विरोधमा निस्किरहेका छन्, निकै संयमित र रचनात्मक ढंगमा । तर, उनीहरूप्रति पछिल्लो समय विभिन्न टिकाटिप्पणी भएको देखिन्छ ।

 ‘प्रयोजित’, ‘सुकिला-मुकिला’, ‘कोरोनकोबेला आन्दोलन गर्ने मुर्खहरू’, र सबैभन्दा चर्चित र मलाई लेख्न प्रेरित गरेको‘ आईफोन बोक्ने आन्दोलनकारी!’

विश्वभर १९८० देखि १९९६कोबीचमा जन्मिएका, अर्थात २०१९/२० मा २२ देखि ३८ वर्ष पुग्ने युवाहरुको पुस्तालाई मिलेनियल(Millennial) भनिन्छ । ईन्टरनेटको विकाससॅंगै हुर्किएको यो समूह उनीहरुभन्दा आघिल्लो पुस्ता (Generation X (१९६५- १९८०)) भन्दाबिल्कुलै अलग हुन्छन् भन्ने बुझ्न जरुरी छ । 

यिनीहरुमा विश्वव्यापीकरणको धेरै प्रभाव परेको हुन्छ । समाज र परिवारभन्दा धेरै आफ्नो प्रिय रोलमोडल, मेन्टर, लेखक, हिरो, सुपरहिरो, ब्लग, किताब, सो, मुभिजबाट सिक्छन् । ईलन मस्क र स्टिभ जब्स्लाई हेर्दै हुर्केका यिनीहरु निर्भिक र स्वतन्त्र हुन्छन् ।जुनसुकै देश वा समाजमा हुर्के पनि यीनीहरूमा घेरै कुराको समानता हुन्छ।

उनीहरु प्रविधिप्रेमी हुन्छन् । उनीहरु आफू र आफ्नो परिवारउन्मुख हुन्छन्, वर्क-लाईफ ब्यालेन्स खोज्छन्  र त्यही कारणले उनीहरु कहिलेकाहिँ अस्थिर देखिन्छन् र जब-हप्परको रुपमा पनि चिनिन्छन् । उनीहरु उद्देश्य बोकेर हिँडेका हुन्छन्, उपलब्धिको खोजमा हुन्छन् । 

उनीहरु टिम ओरिएन्टेड हुन्छन् , समूहमा काम गर्न रुचाउँछन्,  मल्टिटास्कर हुन्छन्। एकदम फ्र्यांक प्रकृतिका उनीहरु पारदर्शी हुन्छन् र अरुसॅंग पनि त्यही स्वभाव र शैली अपेक्षा गर्छन् ।

उनीहरु स्वतन्त्रता चाहन्छन्, पहिचानको खोजीमा हुन्छन् त्यसकारण आफ्नो खुट्टामा उभिन र नाम कमाउन हतारमा हुन्छन् । कामलाई ठुलोसानो नठान्नु, संसारभरी गिग इकोनोमीGig economy निकै पपुलर भएको छ । 
ध्यानाकर्षण निकै रुचाउने यो समूह सामाजिक सञ्जालबाट सजिलै ईन्फ्लुएस हुने गर्छ । ईन्टरनेट, मोबाईललगायतका प्रविधिका कारण आज न्यूयोर्क होस् वा नेपालको कुनै गाँउ होस्, कौशल भएकालाई विश्व विख्यात हुनबाट कसैले रोक्न सक्दैन ।

यो युवा समूह समस्याहरुको रचनात्मक समाधानको खोजीमा हुन्छ । घर, कार्यथलो वा समाजका पुराना संरचना र यथास्थितिसॅंग कठोररुपमा प्रस्तुत भई चुनौती दिइरहेका उनीहरु परिवर्तन चाहन्छन् । सामाजिक रुपमा सचेत यो समूहले संसार परिवर्तन गर्न सक्ने ईच्छाशक्ति बोकेको हुन्छ ।

आईफोन मोबाईल मात्र होईन, एउटा पहिचान हो, कल्चर हो र एउटा प्रतिक हो। प्रविधिको प्रतिक हो, परिवर्तनको प्रतिक हो, गुणस्तरको प्रतिक हो, स्पिड र ईफिसियन्सीको प्रतिक हो। त्यसकारण मिलेनियलहरू आईफोन भन्दा कम गुण सम्पन्न कुनै पनि कुरासॅंग सन्तुष्ट हुँदैनन् ।
तर, यति हुँदाहुँदै यो युवा समूह नियमित सल्लाह सुझाव, प्रतिकृया, मार्गदर्शन खोजिरहेको हुन्छ । यो समूह अहिले कुशल नेतृत्व खोजिरहेको छ । अहिले आफूभन्दा बुद्धिमान र सक्षम नेतृत्वको खोजीमा छ। 

कोरोनाका कारणले हाम्रो मानसिकतामा धेरै परिवर्तन आईसकेको छ, हाम्रो नेतृत्वमा पनि यो परिवर्तन आउन निकै जरुरी छ । मिलेनियलको नेतृत्व गर्न फरक मानसिकता, शैली र कौशल चाहिन्छ ।

कुनैपनि देशमा युवा समूहको जनसंख्या अरु उमेर समूहको भन्दा धेरै भएको युगलाई डेमोग्रोफिक डिभिडेन्ट अथवा गोल्डेन ‌एज भनिन्छ । नेपाल अहिले यही स्वर्ण युगमा छ । यसको असिमित संभावना हाम्रो नेतृत्वले समयमै देख्नुपर्छ।
 यो प्राकृतिक शक्तिहो, कुनै नियम वा अन्य प्रकारको बाँधले रोकिनेवाला छैन । 

अरबको गर्मीमा मर्न तयार, आफ्नो घर फर्कन ३० दिन हिँड्न तयार, सीमाको जमिनमा कैयौं रात सुत्न तयार, कोरोना सार्ने क्वारेन्टिनमा बस्न तयार, जे भन्यो त्यही मान्न तयार युवासँगै आईफोन बोक्ने र बोल्न सक्ने युवा पनि छन् यो देशमा। युवालाई आईफोन बोकेको देख्न नरुचाउने नेतृत्व दीर्घकालीन हुँदैन । अहिलेका युवा आफ्नै खुबीले आईफोन बोक्न सक्ने हुन्छन् कसैले रोकेर वा रिस गरेर हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा