बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको क्रण मिनाहा र फिर्ता

मङ्गलबार, ०९ असार २०७७, १३ : २१
मङ्गलबार, ०९ असार २०७७

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले निजले लिएको बिना धतो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९ मिनाह गरेको छ ।

साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २०३,४८३ र काजक्रिया खर्च बापतको रकम रु.५,००० समेत गरी जम्मा रु. २,०८,४८३ बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

बैंकले समुहमा आवद्ध र बिना धितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप