शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आठ खेलपछि टोटनह्यामको पहिलो जीत

बुधबार, १० असार २०७७, ०९ : २६
बुधबार, १० असार २०७७

टोटनह्याम हटस्पर्स पछिल्ला ८ खेलमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रेलिगेसनबाट बच्न संघर्षरत वेस्टह्याममाथि २–० को जीत हासिल गरेको छ ।

चेक मिडफिल्डर टोमास साउसेकले आत्मघाती गोल गरेपछि स्पर्सले खेलमा अग्रता लिएको थियो । ह्यारी केनले खेलको ८२ औँ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे । बेलायती स्ट्राइकरको सिजनमा यो १८ औँ गोल थियो । केनले स्पर्सका लागि २ सयौँ खेलमा १३७ गोल गरेका छन् ।

सात खेल बाँकी छँदा वेस्ट ह्याम रेलिगेसन क्षेत्रभन्दा गोलअन्तरले मात्र बाहिर रहेको छ ।

जीतपछि स्पर्स लिगको सातौँ स्थानमा उक्लिएको छ भने युरोपियन प्रतियोगितामा स्थान सुनिश्चित गर्न ६ अंक टाढा रहेको छ ।

लिगमा घरेलु मैदानमा स्पर्सले गत फेब्रुअरी २ पछि पहिलो पटक जीत हासिल गरेको हो ।

अन्य खेलमा लेस्टर सिटी ब्राइटनसँग गोलरहित बराबरीमा रोकियो । लेस्टर लिगको तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप