शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तन, मन र वचन शुद्धताका लागि योग

शुक्रबार, १२ असार २०७७, ११ : ३७
शुक्रबार, १२ असार २०७७

आध्यात्मिक परिभाषा अनुसार मन र आत्मालाई परमात्मासँग जोड्ने क्रियालाई योग भनिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पनि योग भनिन्छ । संस्कृत भाषामा योगलाई जोड्नु भनेर बुझिन्छ । योग नेपालको हिमालय क्षेत्रमा जन्मिएर उत्तरमा चीन र दक्षिणमा भारत हुँदै विश्वभरि पैmलिएको कला, संस्कृति र विज्ञान हो । नेपालका तीन महत्त्वपूर्ण सभ्यता हुन्ः हिमालय क्षेत्रमा जन्मिएको शिव सभ्यता, जनकपुरमा जन्मिएको जनक सभ्यता र लुम्बिनीमा जन्मिएको बुद्ध सभ्यता ।

योगलाई तीन काल खण्डमा हेर्न सक्छौँ:

१) आदिकाल खण्ड: आदिकाल खण्डमा योगको विस्तार भयो । योग सबै र सधैँका लागि हो भन्ने बुझियो । जतिबेला एउटा आदर्श जीवनको परिकल्पना गरिन्थ्यो र अभ्यास गरिन्थ्यो ।

२. मध्यकाल खण्ड: मध्यकाल खण्ड आएपछि योग समाजबाट विस्तारै अलग्गिँदै विषयवस्तुमा केन्द्रित हुँदै गयो । समाजको ठूलो हिस्साले दैनिक रूपमा व्यवहारमा उपयोग ल्याउन सकेन ।

३. तेस्रो कालखण्ड: तेस्रो कालखण्डमा आज हामी बसेका छौँ त्यही नै हो । यो कालखण्डमा योगलाई फेरि हामीले चिकित्सा शास्त्रसँग लगेर जोड्न थाल्याँै । विस्तारलाई हामीले उपचारको संज्ञा दिन थाल्यौँ । यो रोगीहरुका लागि उल्लेखनीय रोग मुक्तिका लागि हो । अझ विशेषगरी नसर्ने रोगहरुमा यसको उल्लेखनीय योगदान छ भन्नेतिर बढी केन्द्रित भयौँ । अहिलेको समाजको स्वास्थ्यको रक्षा र रोगीको उपचारका लागि यो बढी केन्द्रित भएर अगाडि बढेको देखिन्छ ।

योगको उद्गम स्थल नेपाली भूमिमा नै भएको पूर्ण विश्वास गरिन्छ । भगवान शिवले पत्नी पार्वती मातालाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचार प्रसार गरी यो संसारभरि पैmलिएको पुष्टि हाम्रा  ऋषिमुनिहरुले शास्त्रमा उल्लेख गरेको पाइएको छ । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि योगको पुनर्जागरण भएको पाइएको छ । भगवान गौतम बुद्धदेखि क्राइस्टसम्म शिवदेखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरु विभिन्न पुस्तकमा पाइन्छ । ईश्वरले मानवजातिलाई वरदान स्वरूप दिएको आशीर्वादलाई ऋषिमुनिहरुले गरेको उजागर नै हो योग ।  साधनको माध्यमबाट शरीर व्यवस्थापन गर्ने काम पनि हो योग ।

योगको आवश्यकता र फाइदाहरु:

बदलिँदो जीवनशैली गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिस विभिन्न रोगहरुबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सम्पूर्ण जोर्नीहरु चलायमान हुन्छन् । यसले शरीरमा व्यायामको काम गर्दछ । योग व्यायाम गर्नाले शरीरका अङ्गहरुमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाई शरीरका अङ्गहरु रक्तनलीहरु स्वस्थ राख्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ । शरीरलाई बाहृय र आन्तरिक रूपमा सरसफाई गर्दछ । योगले तनदेखि मनसम्म सफा गर्दछ । स्वस्थ जीवनशैली र सकारात्मक सोचको विकास गर्छ । मनको चञ्चलता हटाउँछ, कार्यक्षमतामा वृद्धि ल्याउँछ । चिन्ताबाट छुट्कारा र मानसिक शान्ति, अनावश्यक विचारबाट मुक्ति र मोटोपन हटाउदँछ । ऊर्जाको केन्द्रीकरण साथै आन्तरिक शक्तिको सञ्चार ल्याउँछ । आफ्नो परिस्थितिलाई सही रूपमा विश्लेषण गर्ने क्षमताको वृद्धि गरी मानिस मानिस बीच समानताको भाव उत्पन्न गराउदछ । यसले जीवनशैली नै व्यवस्थित गराउदछ । योगले आत्मज्ञान प्राप्ति दिन्छ । नियमित योग अभ्यासले शरीरमा चिनी र कोलेस्ट्रोलको मात्रा घटाउँछ । नियमित गर्न सकेमा योगका आसन र ध्यानले बाथ रोग, पछाडि दुख्ने समस्या कम गर्छ । महिलाहरुमा महिनावारीका बेला देखिने समस्या कम गर्छ । योगले तन, मन र बोलीचालीमा शुद्धता ल्याउँछ र मानिसलाई विनयशील बनाउँछ ।

योग अभ्यास गर्ने ठाउँ प्रदूषण मुक्त र शान्त हुनु जरुरी छ । हरेक टोलटोलमा मानिसहरुको समूहबीच पनि गराउन सकिन्छ । यसरी गराउँदा जनचेतना पैmलाउनुका साथै एकआपसमा सम्बन्ध पनि मजबुत बढ्दै जान्छ । एउटा छुट्टै किसिमको उत्साह मनमा उजागर पनि हुन्छ । योग ज्ञान लिइसकेपछि आफ्नै घर, आगन, छत, बगैँचामा पनि गर्न सकिन्छ । तर योग गर्दा टिभी, युटुव हेरेर गर्नुभन्दा योग कक्षा लिएर गर्न उपयुक्त हुन्छ अथवा योग शिक्षकको निगरानीमा गर्न उपयुक्त हुन्छ । हामी स्वस्थ रहनका लागि बिहान (मर्निङ वाक) हिँड्ने चलन छ । यो पनि प्रदूषणका कारण त्यति लाभदायक छैन । धुलो धुवाँले झन स्वास्थ्यमा हानि पु¥याइरहेको हुन्छ । अव्यवस्थित सवारी साधन, बाटोघाटो साँघुरोको कारण बिहान सडकको पेटीमा मर्निङवाक गर्दा कतिपयले ज्यान नै गुमाउनु परेको छ । अपाङ्ग भएर बस्नुपरेको छ । तसर्थ यिनै कुराहरुलाई मध्यनजर राख्दै बिहानको समय हामीले दैनिक एक, डेढ घण्टा योगलाई जोड दियौँ भने हामी शरीरिक र मानसिक दुवै रूपमा पूर्ण स्वस्थ बन्न सक्छौँ । यो त्यति खर्चिलो पनि छैन । जुनसुकै मानिसले पनि गर्न सक्ने भएकाले यो मानव जीवनमा निकै नै उपयोगी छ ।

योग ध्यान गर्नका लागि सबैभन्दा योगलाई अँगाल्नुपर्छ त्यसपछि ध्यान आफै बढ्दै जान्छ । नेपालमा मानिसहरु विभिन्न रोगहरुबाट ग्रसित छन् । रासायनिक मल, खानामा विषादीको प्रयोग, अव्यवस्थित बसोबास, भागदौड, यतिसम्म कि मानिस आफूले आफैलाई चिन्न पनि छोडिसकेको अवस्था आइपुगेको छ । आफ्नो लागि समय पनि छैन, व्यस्थताको कारण । तसर्थ हामीले हाम्रो दैनिक दिनचर्यामा बिहान ब्रह्म मुहूर्तको समय एक डेढ घण्टा निकाल्न सक्यौँ र योग थाल्यौ भने साँच्चिकै ने हामीले हाम्रो जीवनमा स्वर्गीय आनन्द पाउनेछौँ । हाम्रो शरीरलाई दैनिक एक घण्टा  योगाभ्यासमा लगाउन सक्यौँ भने बाँकी २३ घण्टा हामीले स्वस्थ र स्फूर्तिका साथ कार्य गर्न सक्दछौँ । अझ यो कोभिड–१९ को महामारीमा आफ्नो रोग प्रतिरोधात्मक क्षमता मजबुद बनाउन त झन योगाभ्यास अपरिहार्य नै देखिएको छ ।

समग्रमा योग यस्तो कला,संस्कृति र विज्ञान हो जसले मानिसभित्र भएका सम्पूर्ण सम्भावनाहरुलाई उजागरण गर्न मदछ गर्छ । मानिसका शारीरिक, मानसिक, चेतनागत र अति मानवीय चेतनाका स्तरसम्म यसले काम गर्छ । यो लकडाउनलाई सदुपयोग गर्दै योग अभ्यासलाई एक जीवनशैलीको रूपमा आत्मसाथ गरौँ । योग सबैका लागि हो । योग सधैँका लागि हो । योगले एउटा मान्छेलाई पूर्ण मान्छे र विराट मान्छे बनाउँछ भन्ने हामीले बझ्नु र बझाउन जरुरी छ ।

लेखक योग प्रशिक्षक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झरना केसी
झरना केसी
लेखकबाट थप