शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविसा र भपुले ल्याए ‘मायालु’

शुक्रबार, १२ असार २०७७, १३ : १६
शुक्रबार, १२ असार २०७७

काठमाडौं । गायक भुपु पाण्डे र गायिका प्रविसा अधिकारीको स्वर रहेको ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । 

गायक पाण्डेकै संगीत रहेको गीतमा राजेश अर्यालका शब्द छन् । आधुनिक, शास्त्रीय र लोक फलेभर मिसाएर गीत युनिट बनाएको पाण्डेले बताए ।

गीतको म्युजिक भिडियो सुनिल क्षत्रीले निर्देशन गरेका हुन् । क्षत्रीले गीतका भावअनुसार आफूले भिडियो बनाएको बताए ।

क्षत्री आफैले पनि मोडलिङ गरेको भिडियोमा उनलाई रोमान्समा साथ विना राउतले दिएकी छन् । 

अमृत चापागाइँको सम्पादन रहेको भिडियो नवराज उप्रेतीले छायाँकन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप