बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही स्थानीय तह सिल गरिने

आइतबार, १४ असार २०७७, ०९ : १३
आइतबार, १४ असार २०७७

रौतहटमा जनप्रतिनिधी र  कर्मचारीसहित १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय माझ सन्त्रास फैलिएको छ । जिल्लामा कोरोनाभाइरस समुदायमा फैलिएर महामारीको रुप लिन नदिन स्थानीय प्रशासनले केही पालिका सिल गर्ने तयारी गरेको छ ।

बौधीमाई नगरपालिकाका–२ जना वडा अध्यक्ष, केही अन्य जनप्रतिनिधी र नगरपालिकाका कर्मचारीसहित  १४ जनामा कोरोनासंक्रमण पुष्टी भएसँगै नगरबासी त्रसित बनेका हुन् ।

शनिवारको पीसीआर रिपोर्ट अनुसार २ जना वडा अध्यक्ष, २ जना कार्यपालिका सदस्य, १ जना सशस्त्र प्रहरी, एकजना स्वास्थकर्मी, एकजना वडा अध्यक्षको छोरी र  कर्मचारी गरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको नगर स्वास्थ सहसंयोजक राकेश यादवले जानकारी दिएका छन ।

बौधीमाई नगरपालिकाको जनप्रतिनिधी, स्वास्थकर्मीका साथै जनताको काममा खटिरहने  कर्मचारीमा समेत  संक्रमण देखिनुुले उनीहरुको सम्पर्कमा आएका धेरै मानिस संक्रमित हुनसक्ने स्थानीय समाजसेवी तथा नेकपा प्रदेश २ कमिटी सदस्य त्रिभुवन साहले आशंका व्यक्त गरेका छन् ।

जनता माझ २४ घन्टा रहने जनप्रतिनिधी र कर्मचारी संक्रमित देखिनुुले नगरपालिकाको सबै वडामा पीसीआर जाँचको लागि अबिलम्ब ब्यवस्था गर्न उनले माग गरेका छन ।

संक्रमितहरुलाई उपचारको लागी नगरक्षेत्र भित्रकै एक बिधालयमा निर्मित आइसोलेसनमा पठाइएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले जानकारी दिएका छन् ।

सिडिओ घिमिरेका अनुसार संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन भइरहेको छ र बौधीमाईमा देखिएको अवस्था बारे बिस्तृत बुझ्न जनकपुर प्रादेशिक अस्पतालबाट बिशेषज्ञ डाक्टरहरुको टोली आज आउँदैछ ।

बौधीमाईमा यसरी जनप्रतिनिधी, कर्मचारी अथवा सार्वजनिक काममा खटनेहरुमा कोरोना संक्रमण देखिनु ठुलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन आज हुने सुरक्षा समितिको बंठक अनुसार जिल्लाको केही स्थानीय तह सिल गर्ने सिडिओ घिमिरेले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ । हाल कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ६५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप