मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोमा पुरिएर एकको मृत्यु

आइतबार, १४ असार २०७७, ११ : १५
आइतबार, १४ असार २०७७

गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

 श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीको पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सकुसल रहेको छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पु-याउन नसकिएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप