३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर
सोमबार, १५ असार २०७७, १७ : ०३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ । साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी अख्तियारले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडानम्बर ४ मा प्रशासन सहायक पदमा कार्यरत रत्नबहादुर विकले वडा कार्यालयबाट उठाएको रकम कार्यालयको राजश्व खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने