ललितपुर हिरासतमा आत्महत्या गरेका युवकको ‘सुसाइड नोट’ फेला
काठमाडौं । बुधबार बिहान बलात्कारको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका सिराहको औराही गाउँपालिका –३ का २४ वर्षीय युवक दुर्गेस यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ ।
आत्महत्या गरेका यादवको साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ । ललितपुर परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार यादवले अस्पतालको बिलमा सुसाइड नोट लेखेर छाडेका छन् ।
हिरासतभित्र रहेका यादवलाई सुसाइड नोट लेख्न कलम कसले दियो ? प्रश्न उब्जिएको छ । ‘हामीलाई पनि थाहा छैन,’ ललितपुर परिसरका एसएसपी टेकप्रसाद राई भन्छन् ।
परिवारका सदस्यका अनुसार सुसाइड नोटमा यादवले ‘म माथि जुन प्रकारको आरोप लगाइएको छ । मैले त्यो गरेको छैन । म त्यस्तो सोच्न पनि सक्दिनँ । मबाट हुनै सक्दैन । यस्तो आरोप लागेपछि मैले समाजमा कसरी मुख देखाउन सक्छु ? त्यसैले यो संसारबाट बिदा हुन चाहन्छु,’ उनले सुसाइड नोटमा लेखेका छन् ।
एसएसपी राईले भने, ‘यादवको शव पोष्टमार्टमको लागि पठाएका छौं । रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान हुनेछ ।’ सुसाइड नोटमा के लेखिएको भन्नेबारे प्रहरीले भने केही खुलाएको छैन ।
यादवमाथि एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो । यादव बलात्कारको मुद्दामा यही असार १४ गते ललितपुरको ग्वार्कोबाट पक्राउ परेका हुन् । पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो ।
यादवसँगै अन्य २ युवकले पनि महिलालाई बलात्कार गरेको खुलेको छ । ‘ती दुई युवाहरु को थिए ? तिनीहरुलाई प्रहरीले किन खोज्दैन ?’ यादवका आफन्तको प्रश्न छ । बलात्कार प्रयास भएकी महिलालाई समेत हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने यादवको परिवारको माग छ ।
बलात्कार भएको आरोप लगाएकी महिलाले अन्य दुई जना युवकलाई समेत चिनेको पाइएको छ । साथीको कोठाबाट घर फकिँदै गर्दा आफूमाथि बलात्कारको प्रयास भएको ती महिलाको भनाइ छ ।
एसपी कार्कीका अनुसार यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर ट्वाइलेटको ‘भेन्टिलेसन’ मा झुण्डिएर आत्महत्या गरेका हुन् । झ्यालमा झुण्डिएको अवस्थामा फेला परेपछि यादवलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो ।
अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको हो । जिल्ला अदालत ललितपुरबाट असार १५ गते म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु