शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको मूल मर्मअनुरुप नै संघीय निजामती सेवाको विधेयक आउँछः सभामुख सापकोटा

बिहीबार, १८ असार २०७७, १५ : ११
बिहीबार, १८ असार २०७७

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप ने निजामती विधेयक आउने बताएका हुन् ।

ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले विधेयकको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने बताए । उनले संविधानको मर्म र भावना अनुरुप नै विधेयकको विकास गर्न आफुले अधिकतम प्रयत्न गर्ने समेत बताए ।

भेटवार्तामा ट्रेड युनियनका पदाधिकारीहरुले विधेयकमा राष्ट्रियस्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् । उनीहरुले मौजुदा निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारित गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप