शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमईको फिदिममा शाखा

मङ्गलबार, ०६ असार २०७४, १२ : ३६
मङ्गलबार, ०६ असार २०७४

काठमाडौं – ग्लोबल आइएमई बैंकले असार ५ गतेदेखि आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो । 


यससँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने शाखा बैंकको रहेको छ । 


मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा एटएिम, ४६ वटा  शाखारहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दाबढी ग्राहक रहेका छन् ।    
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप