शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता

बिहीबार, १८ असार २०७७, १६ : ३७
बिहीबार, १८ असार २०७७

काठमाडौं । सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा ५% छुट प्राप्त गर्न सक्नेछन् । 

 साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप