शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झोर झरनामा झुम्दै युवाहरु (फोटोफिचर)

शुक्रबार, १९ असार २०७७, ११ : २१
शुक्रबार, १९ असार २०७७

झोर झरना काठमाडौँको चर्चित झरनामध्ये एक हो । टोखाको महाकालस्थित झरना युवापुस्ता माझ निकै लोकप्रिय रहेको छ । अझ गर्मी मौसममा यहाँ धेरै भीड देख्न पाइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी यसको मुख्य स्रोत हो । धार्मिक दृष्टिकोणले पनि यो झरनाको चर्चा हुने गर्छ । यहाँ रहेको भगवान शिवको मन्दिरमा मानिसहरुको घुइँचो लाग्ने गर्छ ।

चक्रपथबाट ११ किलोमिटर टाढा रहेको यो झरनामा अहिलेको समयमा धेरै भिडभाड हुने गर्थ्यो । तर, कोरोनाभाइरसको महामारीका कारण सार्वजनिक यातायतहरु बन्द रहेका र धेरै विद्यार्थीहरु राजधानी बाहिर रहेका कारण भीड अलि कम देखिन्छ । यद्यपि, अझै पनि युवाहरुलाई त्यहाँसम्म पुगेर गर्मीमा झरनाको चिसो पानीको मज्जा लिन भने रोकेको छैन ।

हेर्नुहोस् तस्विरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप