बस्तीमाथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता
शुक्रबार, १९ असार २०७७, १२ : १०
बुटवल – पहिरोका कारण गुल्मीको इस्मामा दुई जनाको ज्यान गएको छ ।
हिजोदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका–१ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन् । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।
बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी स्थानीयले बताएका छन् ।
पहिरोसँगै बास बसेका मुसिकोट नगरपालिका–२ का भागिरथ घिमिरे सम्पर्कविहीन भएका छन् । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले र सडक अवरुद्ध हुदाँ उद्धारमा समस्या आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण