शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्वारेन्टिन व्यवस्थापनमा हामी चुक्यौँ: मन्त्री योगेश भट्टराई

शुक्रबार, १९ असार २०७७, १२ : ४८
शुक्रबार, १९ असार २०७७

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सरकार क्वारेन्टिन व्यवस्थापनमा चुकेको स्वीकार गरेका छन् ।

शुक्रबार मन्त्रालयमा गत ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकारले जसरी काम गर्नुपथ्र्यो त्यसरी गर्न नसकेको बताए । उनले भारतको सीमा कडाइ नगर्दा कोरोनाको ग्राफ उकालो लागेको बताउँदै खुला सीमाका कारण र क्वारेन्टिन केही अब्यवस्थित भएका कारण भाइरस संक्रमण बढेको उल्लेख गरे ।

कोरोनाभाइरस संक्रमणका बीच विगत ३ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण काम नरोकेको उनको भनाइ छ ।

कामदारलाई क्वारेन्टिनमा राख्दै सुरक्षा विधि अपनाएर विमानस्थल निर्माणको काम गरेको बताउदै विकास निर्माणको मूख्य समय नै गुमाउनुपरेको मन्त्री भट्टराईले बताए । गएको ६ महिना प्रगति देखाउने समय गुमाउनुपरेको उनको भनाइ छ ।

मन्त्रालय अन्र्तगत रहेका राष्ट्रिय गौरवका आयोजनाहरु गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल, निजगढ अन्र्तराष्ट्रिय विमानस्थल, पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको काम भइरहेको जानकारी दिए । 

उनले भने–‘कोभिड नआएको भए गौतम बुद्ध अन्तर्राष्टि«य विमानस्थल निर्माण सम्पन्न भएर उडान सुरु भइसक्थ्यो । म्याद थप गरेको काम भइरहेको छ । छिट्टै जनशक्ति थप गरेर काम गर्ने योजना छ ।’

मन्त्री भट्टराईले आगामी मंसिर अन्तिमसम्म गौतमबुद्ध अन्र्तर्राष्ट्रिय विमानस्थल सञ्चालजनमा आउने जानकारी गराए । चिनियाँ ठेकेदार कम्पनीलाई काम नरोक्न  भनेको उल्लेख गर्दै पोखरा विमानस्थलमा ३ महिनामा ९ प्रतिशत प्रगति भएको र हाल ६० प्रतिशत प्रगति भएको जानकारी दिए । पोखरा विमानस्थल भनेको समयमा सम्पन्न हुने उनको भनाई छ ।

यस्तै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ३ सय मिटर धावनमार्ग निर्माण सम्पन्न गरेको, निजगढ विमानस्थल निर्माणका लागि काम द्रुत गतिमा नभएपनि त्यसको प्रक्रिया भने चलिरहेको उनले जानकारी गराए ।

पर्यटन क्षेत्रको १० खर्ब लगानी प्रभावित

मन्त्री भट्टराईले कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दैधेरै पर्यटन क्षेत्र प्रभावित भएको बताए । उनले होटल, रिर्सोट, पदयात्रा, हिमालहरु, एयरलाइन्स कम्पनी, पर्यटकीय गन्तब्यहरु प्रभावित भएको बताए । 

उनले नेपालमा पर्यटन क्षेत्रमा १० खर्ब भन्दा बढीको लगानी रहेकोमा साढे २ लाख नेपाली प्रत्यक्ष संलग्न रहेको बताए ।

अप्रत्यक्ष रुपमा ८ लाख संलग्न भएको यो क्षेत्रमा अहिले कर्मचारीलाई तलब दिन संकट भएको उल्लेख गर्दै ५० अर्बको पुर्नकर्जाको कोष बनाएको, पर्यटन क्षेत्रको सुधारका लागि २० करोडको कोष बनाएको र नियमावली बनाएर काम गर्न अर्थ मन्त्रालयमा पठाएको जानकारी गराए ।

यस्तै लकडाउनमा फसेका ३३ जिल्लामा रहेका पर्यटकलाई काठमाडौ ल्याएर सम्बन्धित देशमा पठाउन भूमिका खेलेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप