शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लामो समयसम्म कम्प्युटरमा बस्दा आखाँलाई सुरक्षित राख्ने ५ उपाय

आइतबार, २१ असार २०७७, १३ : २७
आइतबार, २१ असार २०७७

एजेन्सी – विश्वव्यापी महामारीका कारण विश्वभरका अधिकांश देशहरुले आह्वान गरेको लकडाउनका कारण पढाई, नोकरी देखि लिएर समय व्यतित गर्न पनि इन्टरनेट र कम्प्युटरको प्रयोग अत्यधिक बढेको छ । तर, लामो समयसम्म कम्प्युटरको स्क्रीनमा हेर्दा आँखालाई भने गम्भीर असर पुर्याउने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । 

लामो सयम कम्प्युटर, ल्यापटप वा मोबाइलजस्ता इलोक्ट्रोनिक सामाग्रीहरुको प्रयोगले आँखामा सुख्खापन आउने, दृश्टी कमजोर हुने लगायतका समस्याहरु पैदा हुन्छन् । त्यस्ता समस्याहरुबाट बच्न के गर्ने ? 

ब्लु लाइट फिल्टर चश्मा लगाउने 
लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्दा ब्लु लाइट फिल्टर चश्माको प्रयोग गर्नुपर्छ । यसले ब्लु लाइटहरुलाई फिल्टर गर्छ र आँखासम्म हानिकारक रोशनी पुग्न पाउँदैन । यस्तो चश्मा लगाएर लामो समयसम्म काम गर्दा पनि लाइटको कारण तपाईंको आँखामा समस्या पर्दैन । 

बारम्बार परेला झिम्क्याउने
सामान्यतया कम्प्युटरमा काम गर्दा हामी परेला कम झिम्क्याउँछौँ । यसले आखाँमा सुख्खापन पैदा  गराउँछ । त्यसैले काम गर्दा छोटो छोटो समयमा नै आँखा झिम्क्याउने गर्नुपर्छ । यसका साथै, हरेक २० मिनेटपछि २० सेकेण्डसम्म कुनै टाढाको बस्तु हेर्ने र पटकपटक परेला झिम्क्याउने गर्दा आखाँ खराब हुनबाट जोगिन्छ ।

आँखामा पानी छ्याप्ने 
अधिक समय कम्प्युटर वा ल्यापटपमा काम गर्दा सबैभन्दा बढी आँखा र मस्तिष्कमा असर पर्छ । काम गर्दा यी दुवै अंगलाई आराम दिनु अत्यन्त आवश्यक छ । त्यसैले लगातार काम गरिरहँदा हरेक दुई घण्टामा एकपटक आँखामा पानी छ्याप्नुस् वा ५ मिनेटसम्म हिँड्ने गर्नुस् यसले तपाईंको आँखाको सुख्खापनबाट बचाउँछ भने कमजोर मांसपेशीमा हुने तनाव पनि कम गर्छ । 

तातो हातले मसाज गर्ने 
यदि काम गर्दै गर्दा थकान महसुस हुने वा आँखामा हल्का दुखाई महसुस भएको समयमा २ मिनेट ब्रेक लिनुस् । त्यसपछि आफ्ना तातो हातहरुले आँखाको हल्का मसाज गर्नुस् । यसले आँखामा रक्तसञ्चार गराउने र आँखामा हुने तनाव र पीडा कम गराउँछ । 

आँखाको समस्यालाई वेवास्ता नगर्नुस् 
यदि कम्प्युटर वा ल्यापटपमा बस्दा आँखामा अध्याँरो छाउने, केही सयम धमिलो देखिने, रातो हुने, आँखामा लगातार पानी आउने जस्ता समस्या भएका छन् भने वेवास्ता नगर्नुस् । यस्ता समस्या  देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप