एनआरएनए मलेसियाले बुझायो विशेष ध्यानाकर्षणपत्र (पत्रसहित)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारको व्यवस्था मिलाउन माग गर्दै क्वालालम्पुरस्थित नेपाली दूतावासलाई एक ध्यानाकर्षणपत्र बुझाएको छ ।
संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले मलेसियामा कामको शिलसिला आइ हाल बिरामी परेका तथा शारीरिक अंगभङ्ग भएका तर उपचार गर्ने पैसा नभएका तथा विभिन्न अस्पातलमा रहिआएका दर्जनौँ बिमारी पीडितहरुलाई छिटो भन्दा छिटो उद्धार गरी निःशुल्क नेपाल पठाउन दूतावाससँग अनुरोध गरेको छ ।
यसैगरी कोरोनाको समय अगावै कम्पनीद्वारा प्रदान गरिएका र श्रमिकहरुले आफै खरिद गरेका बिभिन्न एयरलाइन्सको टिकट भएका तर आजसम्म नेपाल जान नसकेका श्रमिकहरुलाई नेपाल फर्काउन विशेष पहल गर्न माग पनि संघले गरेको छ ।
सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकहरुलाई श्रमिक कोषमा रहेको रकमबाट उद्धार गर्न दिएको आदेशलाई कार्यान्वयन गर्न, मलेसियामा ज्यान गुमाएका नेपालीको शवलाई स्वदेश पठाउन पहल गर्न, हवाइ भाडादर घटाउन तथा मलेसियाबाट छुट्टीमा नेपाल गएका हजारौं नेपाली कामदारलाई फर्काउन पहल कमदी लिन पनि दूतावासलाई ध्यानाकर्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो
-
सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा
-
अगाडि बढ्ने सम्भावना देखेर म प्रधानमन्त्रीको पदमा बसिरहेको छु : प्रधानमन्त्री प्रचण्ड
-
मेस्सीको खेल हेर्न दर्शकको ओइरो, एक महिना अघि नै ६० हजार टिकट बिक्यो