बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्राचीन कालमा सर्पहरुको पनि खुट्टा

बुधबार, २४ असार २०७७, १२ : १५
बुधबार, २४ असार २०७७

साँचिक्कै होस् वा टिभी वा पत्रिकामा होस्, प्रायः हामी सबैले सर्प देखेका छौं । सर्प घस्रने जीवहरुको स्कुआमाटा (squamata) वर्ग अन्तर्गत पर्छ । त्यसको शरिरमा पत्रै–पत्र भएको छाला हुन्छ, जसलाई स्केल (scale) भनिन्छ । तिनीहरु छेपारोबाट विकास भएको वैज्ञानिकहरुको अनुमान छ । तिनीहरुको धेरै विशेषताहरु पनि छेपारोस“ग मेल खान्छ । फरक के छ भने, छेपारोको खुट्टा हुन्छ तर सर्पको खुट्टा हुँदैन । त्यही भएर सर्पलाई कहिलेकाहीँ खुट्टाबिनाको छेपारो पनि भनिन्छ । तर वैज्ञानिकहरुले प्राचीन समयमा सर्पहरुको पनि खुट्टा रहेको कुरा पत्ता लगाएका छन् ।

प्राचीन कालका प्राणीहरुको अध्ययन गर्ने दुई वैज्ञानिकहरुले इजरायलमा अहिलेसम्मकै सबैभन्दा प्राचीन सर्पहरुको जीवाशेष फेला पारेका थिए । उक्त जीवाशेषको अध्ययनपछि उनीहरुले त्यो समयमा सर्पहरुको शरीरमा साना तर विकसित खुट्टाहरु रहेको कुरा प्रमाणित गरेका छन् । फिल्ड संग्राहलय, सिकागो का माइकल काल्डवेल र अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका माइकल लिले उक्त कुरा प्रमाणित गरेका हुन् ।  

समुद्रमा सरिसृप वर्गभित्र पर्ने एकथरिका जीवहरु पाइन्छन्, जसलाई मोसासउरोइड्स (mosasauroids) वर्गभित्र राखिएको छ । यस प्रजातिको सरिसृपहरुको शरीरमा पौडी खेल्नका लागि पखेटाजस्ता भाग हुन्छन् । काडवेल र लिले प्राचीन कालका खुट्टा भएका सर्पहरु यसै प्रजातिको हुनुपर्छ भनी बताएका छन् । उनीहरुका अनुसार त्यस बेलाका खुट्टा भएका सर्पहरुले खानाको खोजी गर्ने क्रममा विस्तारै आफूलाई जमीनको सट्टा समुद्रमा बस्न अभ्यस्त बनाउँदै लगे । त्यसले गर्दा उनीहरुको शरीरको खुट्टाको आकार पनि विस्तारै परिवर्तन हुँदै गयो र पौडी खेल्नका लागि सजिलो हुने पखेटाजस्तो बन्न पुग्यो ।

आजभन्दा २० वर्ष पहिले इजरायलको राजधानी जेरुसलेम नजीकको चुनढुंगायुक्त समुद्री किनारमा सर्पका दुई वटा जिवाशेषहरु फेला परेका थिए । ती जीवाशेषहरु आजभन्दा १३८ देखि ६५ मिलियन वर्ष पुरानो समयभित्रका हुन् । ती दुबै जिवाशेषहरुमा खुट्टा देखिन्छन् । वैज्ञानिकहरुले त्यसको वैज्ञानिक नाम Pachyrhachis problematicus  दिएका छन् । जेरुसलेमको हिब्रु विश्वविद्यालयमा राखिएका तिनै तिनै जिवावशेषको गहन र विस्तृत अध्ययनको आधारमा लि र काडवेड प्राचीन सर्पको पनि खुट्टा हुन्थ्यो भन्ने निष्कर्षमा पुगेका हुन् ।

त्यसो त लामो र पातलो स्वरुपमा फेला परेका ती जिवाशेषहरुलाई त्यसबेला वैज्ञानिकहरुले सर्पको हैन, छेपारोका जिवावशेषहरु भनी मानेका थिए ।

आजभोलिका धेरैजसो जीव वैज्ञानिकहरु के विश्वास गर्छन् भने सर्प जमीनभित्र बस्ने छेपारोबाट विकसित भएको जीव हुनुपर्छ । किनभने, अझै पनि सर्पका केही आदिम प्रजातिहरु जमीनभित्रका दूलाहरुमा बस्ने गर्छन् । फेरि बोआ समूहका केही सर्पहरुमा त साना र अति नै अविकसित अवस्थामा रहेको र करिब करिब लोप भइसकेको अवस्थामा रहेको हिप र खुट्टाका हड्डीहरु समेत विद्यमान रहेका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप