मास्क फुकाल्दै ब्राजिलका संक्रमित राष्ट्रपतिले भने, ‘सबै ठिक छ’
सामाजिक सञ्जालमा ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोको एक भिडियोको अहिले ठूलो आलोचना भइरहेको छ । पत्रकारसँगको कुराकानीका क्रममा यस भिडियोमा उनले नाटकीय रुपमा मास्क फुकालेका छन् ।
भिडियोमा देखिन्छ कि उनले पत्रकारको एक प्रश्नको जवाफ दिने क्रममा एक कदम पछाडि हटेर मास्क उतारेका छन् अनि मात्रै बोल्न थालेका छन् । ‘सबै ठिक छ, म ती मानिसलाई धन्यवाद भन्न चाहन्छु जसले मेरा लागि प्रार्थना गरे । म बिलकुल ठिक छु ,’ उनले भनेका छन् ।
मास्क उतार्नुभन्दा केही सेकेन्ड पहिले नै यही अन्तर्वार्तामा उनले सञ्चारमाध्यमसामु आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए । ब्राजिलमा सामाजिक सञ्जालमा यो भिडियो निकै शयर भएको छ र जनताहरुले ‘बोल्सेनारो यस्तो हरकत देखाएर के प्रमाणित गर्न चाहन्छन्’ भन्दै प्रश्न सोधेका छन् ।’ यसअघि मास्क नलगाएका कारण बोल्सेनारो आलोचित भएका थिए । उनले कोरोनाबारे हल्काफुल्का टिप्पणी गर्ने गरेका थिए, तर अन्तत उनी आफैं कोरोनाबाट संक्रमित भए ।
ब्राजिलमा ठूलो संख्याका मानिसहरुमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि मात्रै उनले सार्वजनिक कार्यक्रममा मास्क अनिवार्य लगाउनुपर्ने नियम ल्याएका थिए ।
सबै ठिक छ
यस भिडियोमा बोल्सेनारोले भनेका छन् । ‘परीक्षणपछि मलाई कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म के भएको छ, म तपाईँलाई बताऊ – मलाई शनिबारदेखि केही अनौठो महसुस हुन थालेको थियो । सोमबारसम्म हैरानी धेरै बढ्यो ।
मलाई ज्वरो थियो, थकान महसुस भयो र माशंपेशी दुख्यो र सोमबार रातिसम्म ज्वरो निकै बढ्यो । यति देखेपछि मलाई कोभिड–१९ भएको शंका लाग्यो । मेरा डाक्टर र मैले निर्णय ग¥यौं कि हामी ब्रासिलियास्थित सैनिक अस्पताल जानेछौं र सिटी स्क्यान गराउनेछौं ।
सिटी स्क्यानका क्रममा मेरो फोक्सो सफा देखियो । यसपछि मलाई मेरो टिमले हाइड्रोक्सिक्लोरोक्विनदियो, यद्यपी मलाई रातको समय बेचैनीका कारण धेरैपटक उठ्नुप¥यो । १२ घण्टापछि मैले एकपटकफेरि हाइड्रोक्सिक्लोरोक्विनको डोज लिए र अब म भन्नसक्छु कि मलाई राम्रो भइरहेको छ,’ यति भनेपछि मास्क फुकाउल्दै भने जनतासँग भने, ‘हेर्नुस् सबै ठिक छ ।’
बोल्सेनारोले कोरोनाको महामारीको सुरुवातदेखि नै यसलाई ‘सामान्य फ्लु’ भन्दै आएका छन्, जसकारण उनको ठूलो आलोचना भयो । संसारमा संक्रमितको संख्याका आधारमा ब्राजिल दोस्रो स्थानमा छ । यहाँ, अहिलेसम्म १६ लाख ५० हजारभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भइसकेको छ । ६६ हजार ७ सय ४१ जनाले कोभीड–१९ कै कारण ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहकारीको छुट्टै नियमनकारी निकाय बनाउन सुझाव’
-
स्वनियमनबाट अपेक्षाकृत परिणाम नआउँदा सहकारीमा विकृति आयो : अर्थमन्त्री पौडेल
-
हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेछौँ : मन्त्री पाण्डे
-
आत्मसमर्पणपछि लुम्बिनीका सांसद धनबहादुर केसी कारागार चलान
-
परामर्श समिति बैठकमा सुदन किरातीको ६ बुँदे फरक प्रस्ताव (पूर्णपाठ)
-
अध्यक्ष अधिकारीको जवाफ : कोरोना र महँगो ब्याजका कारण निगम घाटामा