घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो ।
१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।
रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् । हिरासतमा रहेकालाई क्रमबद्ध रूपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले जानकारी दियो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'