शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : पक्की पुल नै बग्यो, बेपत्ताको अत्तोपत्तो छैन (तस्बिरमा हेर्नुस्)

बिहीबार, २५ असार २०७७, ११ : ५८
बिहीबार, २५ असार २०७७

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र बाढीले नगरपालिकाको २ वडामा सवैभन्दा बढी क्षति भएको छ ।

 नगरपालिकाको वडानम्बर ५ मा मानवीय क्षति भएको छ भने अन्य स्थानमा घर बगेका छन् । ठाउँठाउँमा सडक अवरुद्ध बनेका छन् । अरनिको राजमार्गकै पक्की पुल र सडक भोटेकोसी र ठाडो खोलमा आएको बाढीले बगाएको छ । 
उक्त स्थानमा उद्धारका लागि स्थानीय र सुरक्षाकर्मी खटिएपनि मौसम र बाढीका कारण समस्या भएको छ । पछिल्लो विवरण अनुसार घटनामा १६ जना मानिस बेपत्ता भएका छन्  भने २ जनाको शव भेटिएको छ । चार जना घाइतेको उद्धार भएको छ । प्रतिकूल मौसमका कारण उद्धारमा कठीनाइ भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप