बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘लकडाउन’ सार्वजनिक (भिडियो)

शुक्रबार, २६ असार २०७७, ११ : ५४
शुक्रबार, २६ असार २०७७

काठमाडौं – कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, कतिपय देशमा अहिले पनि जारी छ । 

लकडाउन पुर्ण रुपमा कहिले खुल्छ ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिती छैन । तर, लकडाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नु परेको छ ? भन्ने बिषय समेटेर छोटो फिल्म ‘लकडाउन’ निर्माण भएको छ । 

फिल्ममा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनी प्रति देखाएको सद्भाव र सहयोग समेत फिल्ममा राखिएको छ । जुन बिषयले धेरैलाई भावुक बनाउने निर्माण युनिटको अपेक्षा रहेको छ । 

द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ । 

रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा  निमा शेर्पाको छायाँकन तथा सम्पादन रहेको छ । फिल्मको छायाँकन काठमाडौ र ललितपुरमा गरिएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप