शनिबारको मौसम पूर्वानुमान
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
जारी पूर्वानुमानमा महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ ।
यसैगरी, महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको जनाएको छ ।
महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।
रातिको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै