शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमसीसीबारे बल्ल बोल्यो जसपा

आइतबार, २८ असार २०७७, १४ : २२
आइतबार, २८ असार २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । 

एससीसीको बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  भित्र विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो । 

एमसीसीको बारेमा पक्ष र विपक्षमा बहस चलिरहेको बेला जसपा (तत्कालिन राजपा र समाजवादी पार्टी) मौन रहँदै आएको थियो । पार्टी एकीकरण भएपछि जसपा नेपालले आफ्नो प्रवास सङ्गठनमार्फत यधारणा सार्वजनिक गर्दै यथास्थितिमा एमसीसी पास गराउन नहुने सुझाव सरकारलाई दिएको छ ।

एमसीसी सम्झौताका शर्तहरु गम्भीर प्रकृतिका रहेको तथा यसमा उल्लेखित शर्तहरु हेर्दा यो भित्र लुट, अझ भित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न नहुने संगठनका इन्चार्ज आङकाजी शेर्पाले बताए ।

एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै प्रवास संगठनले सरकारलाई एमसीसी सम्झौता बारेमा पाँच सुझाव दिएको छ । 

जसपा नेपालको विभिन्न २१ वटा देशमा रहेको पार्टी संगठनको यो प्रवास संगठन हो । यो संगठनले एमसीसीका बारेमा अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले अध्ययन गरेको प्रतिवेदन सरकारलाई मेलमार्फत पठाइएको इन्चार्ज शेर्पाले बताए । नेपालले जुनसुकै देशसँग सहयोग, अनुदान सक्ने भएपनि ाष्ट्रियता र स्वधीनतामा आँच आउने खालको शर्तहरु राखेर सहयोग लिन र सहकार्य गर्न नसकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

 कुनै पनि राष्ट्रघात हुन जाने शर्तहरु राखेर कसैले सहकार्य गर्ने र सहयोग दिने प्रस्ताव गर्दछ भने त्यसलाई स्वीकार नगर्ने पनि उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप