बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भत्किनै लागेको लालबकैया नदीको तटबन्ध मर्मत

आइतबार, २८ असार २०७७, १६ : ४४
आइतबार, २८ असार २०७७

रौतहट । रौतहटस्थित संयुक्त सुरक्षा टोलीले भत्किनै लागेको लालबकैया नदीको तटबन्ध मर्मत गरी ठूलो क्षति हुनबाट जोगाएको छ । 

जिल्लाको देवाही गोनाही नगरपालिका २ मुसहरी टोल छेउमा भत्किने अवस्थामा रहेको लालबकैया नदीको तटबन्ध मर्मत गरी क्षति हुनबाट जोगाएको हो । 

अविरल वर्षासँगै पछिल्लो तीनदिनदेखि आइरहेको बाढीले उक्त स्थानमा झन्डै २ सय मिटरसम्म तटबन्धको भित्रपट्टी बाट कटान गरिसकेको थियोे । 

तटबन्ध फुट्ने अवस्थामा पुगेपछि मेयर धर्मेन्द्र पटेलको आग्रहमा सदरमुकाम गौरबाट सिडियो बाशुदेव घिमिरेको निर्देशनमा गएको टोली मर्मतमा जुटेका हुन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ७० जनाको टोलीले जेसिभीको सहयोगमा फुट्न लागेको स्थानमा जाली र बोरामा बालुवा राखेर तत्काल मर्मत गरेको सशस्त्र बेस क्याम्प देवाहीका प्रमुख इन्स्पेक्टर बिष्णु अधिकारीले बताए । 
आजदेखि सुरु भएको मर्मत कार्य भोलिसम्म पुरा हुने र तत्काल कटानको जोखिम नहुने इन्स्पेक्टर अधिकारीले जानकारी दिए । 

समयमा मर्मत हुँदा उक्त बाँध भत्किएमा सो छेउको देवाही, गोनाहीलगायत एकदर्जन गाउँ डुबानको जोखिमबाट मुक्त भएको उनले बताए । 

 ३ दिनदेखि आइरहेको बाढीले लालबकैया बागमती नदीका साथै झाँझ, चांदी, गुजरा लगायतको खोलामा पनिको सतह बढेको छ । बाढीले बागमती र बकैया नदीको केही स्थानमा तटबन्धमा क्षति पुर्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप