बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा सडक भासियो

सोमबार, २९ असार २०७७, ११ : ३५
सोमबार, २९ असार २०७७

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको प्रहरीले जनाएको छ ।  

लगातारको वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘सडक त्रिशूली नदीतिरको भागमा भासिएको हो ।’

सडक भासिएपछि अहिले एकतर्फी बाटो सञ्चालनमा रहेको उनले जानकारी दिए । एकतर्फी सवारी सञ्चालन हुँदा सवारी जामको समस्या यथावत रहने र यात्रुलाई सास्ती बढ्ने ट्राफिक प्रमुख भट्टको भनाइ छ । 

उनले तत्काल भासिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए । फेरी निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध हुनसक्नेतर्फ इन्सपेक्टर भट्टले सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप