शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले कमला नदीको कटान सुरु, ४ सयभन्दा बढी घरधुरी जोखिममा

सोमबार, २९ असार २०७७, १८ : ०२
सोमबार, २९ असार २०७७

जनकपुर । कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइरहेका बेला असारे बाढीले जनजीवनलाई झनै कष्टकर बनाउदैँ लगेको छ । यसको प्रभाव धनुषा, सिरहा लगायतका जिल्लामा समेत परिरहेको छ । धनुषा र सिरहाको सिमावर्ती क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले धनुषाका सबैला, कमला र शहिदनगर नगरपालिका लगायतका क्षेत्रमा ४ सयभन्दा बढी घरधुरी उच्च जोखिममा परेका छन् ।

निरन्तररुपमा परेको भारी वर्षातका कारण आएको बाढीमा परि कमला नदीले तटबन्ध कटान गर्न सुरु गरेको छ । कमला नदीको बाढीले ठूलो जनधनको क्षति गर्न थालेपछि नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले स्थलगत अवलोकन गरेका छन् ।

कमला नदीको बाढीले सबैला नगरपालिकाको वडा नम्बर ४ र १३, कमला नगरपालिकाकाको वडा नम्बर ५, ६, ७, र ८ र शहीदनगर नगरपालिकाको वडा नम्बर १ को बस्ती र सर्वसाधारणको घर समेत भत्किएको अवस्था छ  । खानपिनको अभावमा पीडित परिवारको जनजीवन कष्टकर बन्दै गएको छ । बाढी क्षेत्र पुगेका नेता यादवले जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह गरेका छन् ।  बाढीको बहाव बढ्दै गएको र जनधनको व्यापक क्षति हुन सक्ने भएकाले सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय धनुषालाई नेता यादवले सहयोगका लागि जुट्न अपिल गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप