शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बुधबार, ३१ असार २०७७, १८ : ३६
बुधबार, ३१ असार २०७७

रौतहट । रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयौरको टोलीले पक्राउ गरेको हो ।

२ दिनअघि गुजरा ५ लक्ष्मीपुर गाउँकी एक १४ वर्षीया बालिका सौच गर्न खेतमा जाने क्रममा शेख तुफानीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले बताए  । पीडित बालिकाको स्वास्थ परीक्षण भैइसकेको छ ।

अभियुक्त तुफानीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थमाएर अनुसन्धान भैइरहेको सई लतिफ अन्सारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप