शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रीटि जिन्टा र रानी मुखर्जीको बीचमा थियो गहिरो दोस्ती, तर किन टुट्यो सम्बन्ध ?

बिहीबार, ०१ साउन २०७७, १२ : ०९
बिहीबार, ०१ साउन २०७७

एजेन्सी – बलिउडमा जति छिट्टो सम्बन्ध बन्छ त्यति नै छिट्टो टुट्छ पनि । फिल्म उद्योग एउटा परिवार हो तर यसमा गुट र उपगुटको षड्यन्त्र चल्ने गर्छ । अझ एउटै फिल्ममा दुई वा दुईभन्दा बढी अभिनेता तथा अभिनेत्री सामेल भएको खण्डमा एकअर्कासँग मनमुटाव शुरु हुन्छ । कहिलेकाँही भनिन्छ, अभिनेत्रीहरु एक अर्कासँग साथी नै बन्न सक्दैनन् । यद्यपि, बलिउडमा केही अभिनेत्रीहरुले यो भनाईलाई गलत साबित गरिदिएका छन् । जसमा रानी मुखर्जी र प्रीति जिन्टाको नाम आउँछ । 

९० को दशक र २००० का उत्कृष्ट अभिनेत्री हुन्, प्रीति र रानी । यी दुईले थुप्रै फिल्ममा एकसाथ काम गरे । त्यति मात्र होइन यी दुईबीच गहिरो दोस्ती पनि बन्न सफल भयो । यी दुईले जति पनि चर्चित फिल्ममा काम गरेर दर्शकको मन जिते त्यसैगरी यी दुईको दोस्ती पनि धेरैलाई उदाहरणीय लाग्न थाल्यो । 

रानी मुखर्जी काजोलकी नातेदार हुन् । रानीका नातेदार भाई पनि बलिउडका चर्चित निर्देशक हुन् । तर, प्रीतिको पारिवारिक पृष्ठभूमि फिल्म क्षेत्रको होइन । त्यसैले प्रीतिले आफूलाई सधैँ ‘आउटसाइडर’ मान्ने गर्थिन् भने रानीको दोस्ती आफूसँग भन्दा पनि ऐश्वर्यासँग बढी भएको आभाष गर्ने गर्थिन् । रानी र ऐश्वर्याको पनि गहिरो सम्बन्ध थियो । रानीले प्रीति र ऐश्वर्या दुवैसँग नजिकको सम्बन्ध थियो । तर, विस्तारै फिल्म क्षेत्रमा प्रतिस्पर्धा हुने क्रममा यी तीनै अभिनेत्री को–स्टार बनेर रहे । 

विस्तारै रानी र प्रीतिको बीचमा दरार पैदा भयो । उनीहरु एकअर्कालाई एक अर्काको तारिफ सुन्न पनि गाह्रो हुन थाल्यो । यश चोपडाको फिल्ममा रानी र प्रीति चुनिन्थे । र, रानीलाई प्रीति उत्कृष्ट अभिनेत्री हुन् भनेर सुन्नमा नै डाह हुन थाल्यो । एक पटक रानीले खुलेरै दुई अभिनेत्रीबीच दोस्ती हुन नसक्ने बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप