अमेरिकी विदेशमन्त्री पोम्पेओले किन गर्दैछन् बेलायत र डेनमार्कको भ्रमण ?
बिहीबार, ०१ साउन २०७७, १२ : १०
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लागेका छन् । आगामी हप्ताको शुरुमै उनी त्यसतर्फ जान लागेको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास भइरहेको परिस्थितिको बारेमा आवश्यक छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ युरोपका ती दुई देशको भ्रमणका लागि जान लागेका हुन् ।
उनले भनेका छन्,– आगामी हप्ता नै छोटो भ्रमणका लागि म संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणका लागि जान लागेको छु र मैले त्यहाँ चीन र हङ्कङ्का विषयमा छलफल गर्नेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट