लमजुङमा क्वारेन्टिनमा बसिरहेका युवकले गरे आत्महत्या
–सौगात पोखरेल
लमजुङ । लमजुङ जिल्लाको कोलासोथर गाउँपालिका ९ गिलुङ रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । क्वारेन्टिनमा रहेका ती युवकले आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।
लकडाउनअघि बुटवल दिदीको घर गएका युवराज घर्ती असार ३१ गते गाउँ फर्किएका थिए । उनले गिलुङमा रहेको वुद्धोदय माविको क्वारेन्टाइनमा आत्महत्या गरेका हुन् । उक्त क्वारेन्टिनमा उनी एक्लै भएका कारण आत्महत्याको कारण पत्ता लाग्न नसकेको शर्माले बताए । शर्माकाअनुसार शुक्रबार बिहान प्रहरीहरु उनको अवस्था बुझ्न जाँदा घर्ती मृत अवस्थामा भेटिएका थिए ।
मृतकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले लमजुङ सदरमुकाम ल्याएर पोष्टमार्टम गर्ने तयारी गरिरहेको शर्माले बताए । मृतक घर्तीले गाउँलेसँग क्वारेन्टिनमा भन्दा गोठमा बस्छु भनेर अनुरोध गरेको कुरा पनि सुन्नमा आएको बुझिएको शर्माले जानकारी दिए ।
घर्तीको यसअघि स्वाब परीक्षण नगरिएका कारण शुक्रबार नै स्वाब निकालेर परिक्षणका लागि पोखरा पठाउने तयारी गरिएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण