शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुनिला यादहरू

शनिबार, ०३ साउन २०७७, ११ : ०५
शनिबार, ०३ साउन २०७७

-साकारबाबु सुबेदी

धेरैपछि नाङ्गा पाउहरूले भूमी छुदाँ

लाग्यो मानिसले गुमाउने धेरै रहेछ,

धुलोका कण कणबाट तिमी बसायौ

आज चैत्रको घामले मलाई बातायो ।

 

बाटाभरि छरिएका ऐनाका टुक्राहरू

मृगमरिचीका प्रतिबिम्बहरू झैँ लाग्ने,

कयौँ आकृतिहरु तिमी जस्तै देखिन्छन्

कतै दूरबाट सडकहरू नियाल््दै गर्दा ।

 

बैशाख महिनाको सुस्त बतासहरूले

बुट्यानका टुप्पा–टुप्पाहरू हल्लाए जस्तै,

तिम्रो स्वीकृतिको शिर हल्लिएकै थियो

मेरो बाँसले बनेको फिरफिरे घुमे जस्तै ।

 

पक्कै पनि अतीत यी भिडहरू जस्तै

हाट–बजारमा गुन्जिएको आवाज थियो,

विनिमयमै व्यस्त वाद–विवादहरू झैँ

मूल्य चुकाउन नसक्ने खरिददार थियो ।

 

कर्कलाको पातमा ढलपल थोपा जस्तै

मेरा नयनमा आज तिम्रो उपस्थिति देखियो,

पट्ट फुटेर जिव्हासम्म आइपुग्ने नुनिला यादहरू

कति चर्को भएर पौडदै छन् श्रावणका भेलमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा