बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पूर्वानुमानः यी नदीहरुमा बाढीको उच्च जोखिम

आइतबार, ०४ साउन २०७७, ०९ : ३७
आइतबार, ०४ साउन २०७७

काठमाडौँ । आज कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ नदीमा बहाव सतर्कता तह आसपास रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अबको ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती लगायत र प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीमा मध्यम जोखिम रहेको छ । महाशाखाले सतर्क रहन आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप