शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षक–कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयबाट पछि हटे निजी विद्यालय सञ्चालक

आइतबार, ०४ साउन २०७७, १९ : ३८
आइतबार, ०४ साउन २०७७

शिक्षक–कर्मचरीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने घोषणा गरेका निजी विद्यालय सञ्चालक सो निर्णयबाट पछि हटेका छन् । 
प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो । 

प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने भन्ने शब्दावली फिर्ता लिने’ सहमति भएको तीन वटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

यस्तै इस्टुले घोषणा गरेको प्याब्सन, एनप्याब्सन केन्द्रीत आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । 

यस्तै शिक्षक कर्मचारीले २०७६ चैत मसान्तसम्मको सम्पूर्ण बक्यौता विद्यालयहरुले तत्काल भुक्तानी गर्ने सहमति भएको छ भने लकडाउनको अवधिमा अध्यापन नभएको समयको पारिश्रमिक व्यवहारिक रुपमा भुक्तानी गर्दै जाने समझदारी भएको छ । 
तर अनलाइन कक्षा बन्द गर्ने यसअघिको निर्णय भने कायमै रहेको छ । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप