शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि असाध्यै रोएकी थिएँः ‘दंगल’ की नायिका फातिमा

सोमबार, ०५ साउन २०७७, १० : २१
सोमबार, ०५ साउन २०७७

बलिउड नायिका फातिमा सना शेखले केही फिल्ममा मात्रै काम गरेकी छिन् तर उनले आफ्नो फिल्ममार्फत् मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भने भएकी छिन् । नायिकाले फिल्ममा बाल कलाकारको रुपमा पनि काम गरेकी छिन् । हालै भारतीय समाचार एजेन्सीलाई दिएको एक अन्तरवार्तामा फातिमाले शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि उनको मन दुखेको बताएकी छिन् । स्मरण रहोस्, सन् २००१ मा रिलिज भएको फिल्म ‘वन टु का फोर’ मा शाहरुख खानसँग काम गरेकी थिइन् ।

फिल्मफेयरलाई दिएको अन्तरवार्तामा फातिमा सना शेखले फिल्म ‘वन टु का फोर’ को सुटिङबारे कुरा गर्दै भनिन्, ‘शाहरुख खानलाई थाहै थिएन कि पाँच वर्षका यी बच्चा उनीसँग कति प्रेम गर्छिन् । जब मलाई उनी विवाहित हुन् भन्ने थाहा भयो तब मेरो मन असाध्यै टुटेको थियो र म बेस्सरी रोएकी थिएँ । मेरो लागि यो एउटा ब्रेकअपजस्तो थियो ।’

दंगलबाट मुख्य भूमिकामा डेब्यूः

फातिमा सना शेखले मुख्य भूमिकाको रुपमा निर्देशक नितेश तिवारीको फिल्म ‘दंगल’ बाट डेब्यू गरेकी थिइन् । यसअघि उनले ‘चाची ४२०’, ‘वन टु का फोर’ जस्ता फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन् । यसबाहेक उनी निर्देशक विजय कृष्ण आचार्यको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप