बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षे झरीमा सुनिलले ल्याए ‘झरी परेको रात’

सोमबार, ०५ साउन २०७७, १२ : ५४
सोमबार, ०५ साउन २०७७

काठमाडौं । संगीतको लोकपप विधामा अनवरत साधनारत गायक सुनिल गिरीले वर्षे झरीको मौसम पारेर नयाँ गीत ‘झरी परेको रात’ ल्याएका छन् । 
ग्रामीण परिवेश टपक्क टिपेर आफ्नो गीतको भिडियो मार्फत पस्कन सिपालु सुनिलले यसपालि पनि सोही कुरालाई निरन्तरता दिएका छन् । भिडियोमा खरी ढुङ्गाले छाएको पुरानो घर समेत देख्न सकिन्छ ।
शब्द अनि संगीत सुनिलकै रहेको छ, गीतमा उनलाई त्रिशला गुरुङले स्वरमा साथ दिएकी छन् । 

भिडियोमा सुनिलसँगै श्रेया शर्माको अभिनय रहेको छ । सुनिलकै निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन, बिबेक बिकको सम्पादनरहेको छ । गीत सुनिलले आफ्नै अफिसियल युट्युब च्यानलबाट ल्याएका हुन् । सुनिलका ‘देउराली भञ्ज्याङ्’, ‘कस्तो यो मन’, ‘रोगै पिरती’ लगायत गीत चर्चित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप