बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार बर्षापछि आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सोमबार, ०५ साउन २०७७, १८ : २५
सोमबार, ०५ साउन २०७७

रौतहट । अविरल बर्षाका कारण सोमबार पूर्व पश्चिम् राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षापछि पूर्व–पश्चिम राजमार्गको रौतहटस्थित चन्द्रपुर २ को लच्का खोलामा आएको बाढीका कारण सोमबार दिउँसोबाट सडक अवरुद्ध भएको हो । 
सडक अवरुद्ध हुँदा ४ सयभन्दा बढी साना,ठुला सवारीसाधन अलपत्र परेका छन् । राजमार्गमा गुड्ने ठुला साधनलाई पालैपालो पास गराएपनि साना सवारी साधनहरु जानसक्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शैलेश न्यौपानेले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय, तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढीको अवस्था हेरेर ठुला गाडीलाई पालैपालो पास गराउने काम भैरहेको न्यौपानेले जानकारी दि। लच्कामा बाढीका कारण दर्जनौ  मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् । 

पानीले निकाश नपाउँदा जिल्लाका दक्षिणी र उत्तरी भूभागका  केही गाउँ डुबानमा परिसकेका छन् । गढिमाइ नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर, इश्नाथ लगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेको  स्थानीय बासिन्दाले जानकारी दिएका छ्न् । 

जिल्लाका केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिएपछि स्थानीयवासीमा त्रास बढेको छ ।  गतवर्ष असार र साउनमा भएको लगातार बर्षापछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो  यस बर्षपनि बाढीका कारण समस्या आउन सक्ने भन्दै जिल्लाबासी त्रसित बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप