शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख खानले आफ्नो घरलाई किन प्लाष्टिकले ढाके ?

मङ्गलबार, ०६ साउन २०७७, १० : ३३
मङ्गलबार, ०६ साउन २०७७

मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् ।

बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् ।

स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् ।

भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई कोरोनाको डरले नभई वर्षाको डरले ढाकेको बताएका छन् । शाहरुख खानको पूरा घरलाई प्लाष्टिकले ढाकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप