कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई दिइने जोखिम भत्ता निकासा
मंगलबार, ०६ साउन २०७७, १७ : ४२
सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि दिइने जोखिम भत्ताबापतकाे रकम निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा भएको हो ।
सो रकम स्वास्थ्यकर्मीको जोखिम भत्तासँगै कर्मचारी व्यवस्थापन, औषधिजन्य सामाग्री लगायतको व्यवस्थापनमा समेत खर्चिने मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए ।
केन्द्रीय अस्पताल, सातै प्रदेश र निजी अस्पतालका लागि रकम निकासा गरिएको हो ।
कोभिड १९ उपचार गरिरहेका सरकारी अस्पताल १४ वटा, प्रदेश सरकार मातहतका ७ वटा र १७ वटा निजी अस्पतालको रकम निकासा गरिएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले असार मसान्तसम्म आएको विवरणको आधारमा रकम निकासा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्दै बाँके राष्ट्रिय निकुञ्ज
-
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !
-
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस
-
तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
-
मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई ३.५ मिलियन युरो सहयोग
-
चितवनमा शनिबारदेखि भेट्रान कप फुटबल