बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१६ वर्षकी अफगानी किशोरी, जसले बाबुआमा हत्याको बदला लिन ३ लडाकुलाई गोलीले ढालिन्

बुधबार, ०७ साउन २०७७, १३ : ००
बुधबार, ०७ साउन २०७७

एक अफगानी स्कुले किशोरीले तीन तालिवानी बन्दुकधारीलाई गोली हानेर मारेकी छिन् भने अन्य धेरैलाई घाइते बनाएकी छिन् । विद्रोहीहरुले राजनीतिक कारण देखाएर आफ्ना आमा–बाबुलाई मारेपछि बदलामा यी युवतीले उनीहरुलाई गोली ठोकेको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

१६ वर्षीय कमर गुल यस घटनापछि सामाजिक सञ्जालमा नायकका रुपमा छाइरहेकी छिन्, विद्रोहीहरुसँग चलेको झन्डै १ घण्टा लामो गोलवारीमा उनले आफ्ना १२ वर्षीय भाइसँग मिलेर एके ४७ एसल्ट राइफल प्रयोग गरेकी थिइन् ।
 गत सातादेखि झन्डै ४० जना तालिवानी लडाकुहरुले गेरिभस्थित उनीहरुको गाउँमा धावा बोलेका थिए । यी युवतीसँग भिडन्त हुनभन्दा केही क्षणअघि मात्रै लडाकुहरुले उनका बाबु– आमालाई मारेका थिए किनकी ती बाबुआमा अफगानी सरकारका समर्थक थिए, तालिवानले झन्डै दुई दशकदेखि अफगान सरकारलाई ढाल्न खोजिरहेको छ । 

‘लडाकुहरु उनीहरुको ढाकामै आए र यी किशोरकी आमा कसले ढोका ढक्ढक्याउँदैछ भनेर हेर्न पुगिन् । जब उनले देखिन् कि ती व्यक्ति हतियारधारी थिए, त्यसपछि ढोका खोल्न अस्विकार गरिन्,’ प्रान्तीय सरकार प्रवक्ता अरिफ अबरले भने,‘लडाकुहरुले कमरकी आमालाई गोली हाने । त्यसपछि घरभित्र छिरेर उनका बाबुलाई मारे ।’

यो आक्रमणको साक्षी बनेको कमरले परिवारसँग रहेको राइफल उठाइन् र लगत्तै गोली हानेर तीन लडाकुलाई मारिन् । त्यसपछि उनले आफ्ना भाई हाबिबुल्लाहसँग मिलेर एक घण्टासम्म अन्य लडाकुविरुद्ध भिडन्त गरिरहिन् । अन्तत केही अन्य गाउँले र हतियारधारीले पनि लडाइँमा भाग लिए र तालिवानीहरु भाग्न बाध्य भए ।  

अबरका अनुसार कमर र हाबिबुल्लाहलाई अहिले घोर प्रान्तकै अलग स्थानको एक सुरक्षित घरमा लगिएको छ । ‘उनीहरु सुरुका दुई दिन स्तब्ध थिए र केही बोल्न सकिरहेका थिएनन् । तर अहिले राम्रो अवस्थामा छन्,’ अबरले भने,‘ उनीहरु भन्दै थिए कि यो हाम्रो अधिकार हो किनकी हामी हाम्रा अभिभावक बिना बाँच्नुपर्ने आवश्यकता छैन । त्यही गाउँमा बस्ने आफ्ना सौतेनी दाजुबाहेक  उनीहरुसँग अन्य धेरै आफन्त पनि थिएनन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप