शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'कोरोनाभाइरस खासमा ट्रम्प भाइरस हो'

बुधबार, ०७ साउन २०७७, १४ : १४
बुधबार, ०७ साउन २०७७

अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) की प्रवक्ता तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनाभाइरसलाई ‘ट्रम्प भाइरस’ बताएकी छिन् ।

उनले यो कुरा महामारी संकटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी हुन् ।

न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयान पछि सार्वजनिक भएको हो जसमा उनले मानिसहरुलाई फेस मास्क लगाउन अपिल गरेका थिए र स्थिती थप विध्वंशकारी हुनसक्ने चेतावनी दिएका थिए ।

सीएनएनसँगको कुराकानीमा पलोसीले भनिन्, ‘राष्ट्रपतिको आजको बयान सुनेर यस्तो लाग्छ कि उनले आफ्नो गल्ती स्विकार गरेका छन् । मास्क लगाएर र मास्क लगाउन सल्लाह दिएर उनले यो रोग कुनै अफवाह नभएको स्विकार गरेका छन् । यो महामारी नियन्त्रणमा आउनुअघि विध्वंशकारी यसकारण भयो किनभने यसबारे कुनै कदम उठाइएन ।’

उनले भने, ‘वास्तवमा यो स्पष्ट रुपमा ट्रम्प भाइरस हो ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप