शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दू जागरण नेपालको दवावपछि विवादित गीत युट्युवबाट हटाइयो

बुधबार, ०७ साउन २०७७, १५ : ५९
बुधबार, ०७ साउन २०७७

हिन्दु जागरण नेपालको दवावमा सोफिया थापाको ‘नो ब्रत, नो प्लिज’ बोलको विवादित गीत युट्युबमार्फत हटाइएको छ । हिन्दु जागरण नेपालले हाइलाइट्स नेपाललाई एक पत्र लेख्दै गीतले धार्मिक आस्थामाथि प्रहार गरेकाले हटाइदिन अनुरोध गरेको थियो । 

सो पत्र र संस्थाका अधिकारीको निरन्तरको दवाव र अनेकन विवाद सिर्जना भएपछि गीत हटाइएको बताइएको छ । यसअघि हिन्दूवादी संस्थाले तुरुन्त गीत हटाउन गायिका थापालाई चेतावनीसहितको धम्की समेत थियो । 

हिन्दू नारीहरुको महान चाड तीजमा भोकै ब्रत बस्ने, श्रीमान्को खुट्टाको पानी खाने लगायतको परम्पराको विरोध गर्दै गायिकाले सोफियाले गीतमार्फत यो परम्परा हटाउन भनेकी छन् । वर्षौदेखि चल्दै आएको परम्परा विरोधी गीत बनाइएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन दवाव दिँदै आएको थियो । 


गीतमा शब्द, संगीत र स्वर समेत उनकै रहेको थियो भने भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिशा गौतम, बबिता धिताल, प्रियंका थापा, शारदा थापा, रजनी केसी लगायतको रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप