बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रिकाको ग्राहक बनिदिन्छु भन्दै बलात्कारः बच्चा जन्मिएपछि घटना सार्वजनिक

बुधबार, ०७ साउन २०७७, २२ : १३
बुधबार, ०७ साउन २०७७

भक्तपुर । रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउँथे ।  मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउँदै हिँड्थिन् । 

भण्डारीले ती १७ वर्षकी किशोरीलाई पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ, भन्दै फकाई डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार भण्डारीले ती किशोरीलाई बलात्कार गरेपछि कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिए । 

पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिइन् ।  २०७७ असार १४ गते जबरजस्ती करणी मुद्दामा पीडित किशोरीले जाहेरी दरखास्त दिएपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको सूचना अधिकारी गिरीले बताए । 

जबरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक बर्षे हद म्याद भएता पनि कोभिड–१९ संक्रमणको कारण देशभर बन्दाबन्दी भएकाले भण्डारीलाई खोजतलास गर्दै जाँदा मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ ।  पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत भक्तपुर पेश गरेकोमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप