शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती

बिहीबार, ०८ साउन २०७७, १० : ०९
बिहीबार, ०८ साउन २०७७

 भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध कानूनी कारवाही गरिने समेत जानकारी दिइएको थियो ।

१४ व्यक्तिलाई कानूनी नोटिसः

भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले । उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तीका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

सय करोड भारु नदिए कानूनी उपचार थाल्नेः

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तीको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’

ड्राइभरलाई जासुस बनाएर जुटाए प्रमाणः

यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरु विरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप