शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

बिहीबार, ०८ साउन २०७७, २१ : ११
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो । 

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । 
उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले जानकारी दिए । उनले एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप