चीनको जवाफी कारवाही, अमेरिकी वाणिज्य दूतावास बन्द
चीनले अमेरिकामाथि जवाफी कारवाही गर्दै चंगडूमा उसको महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयले यो हप्ता ह्यूस्टनमा चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयविरुद्ध यो आवश्यक र वैध प्रतिक्रिया भएको जानकारी दिएको छ ।
मन्त्रालयले भन्यो, ‘चीन र अमेरिकाबीच यस्तो वर्तमान स्थिती छ जुन चीन कुनै पनि हालतमा चाहँदैन र अमेरिका यसका लागि पूर्ण जिम्मेवार छ ।’
बीबीसी संवाददाताका अनुसार चंगडूमा सन् १९८५ मा यो महावाणिज्य दूतावास बनाइएको थियो जसमा २ सय बढी मानिसहरु काम गर्छन् र यो रणनीतिक रुपमा यसकारण पनि महत्वपूर्ण थियो किनभने यो तिब्बत नजिक थियो ।
यस्तै अमेरिकाले भिसासम्बन्धि धोकाको मामिलामा चीनका तीन नागरिकलाई पक्राउ गरेको छ र चौथो चिनियाँ नागरिकलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ ।
अमेरिकी न्याय विभागकाम अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाका सदस्य भएको भन्दै झुटो बोलेका थिए ।
अमेरिकाले किन बन्द गर्यो चिनियाँ दूतावास ?
ट्रम्प प्रशासनले ह्यूस्ट दूतावासलाई शुक्रबारसम्म बन्द गर्ने आदेश दिएको थियो । प्रशासनको आरोप अनुसार यसले बौद्धिक सम्पदाको जासुसी गर्छ र त्यसको चोरी गर्छ ।
अमेरिकी विदेश विभागकी प्रवक्ता मोर्गन अर्टागसले भनेका छन्, ‘अमेरिकी बौद्धिक सम्पदा र आफ्ना नागरिकको नीजि जानकारीको सुरक्षाका लागि ह्यूस्टनस्थिती चिनियाँ वाणिज्यिक दूतावासलाई बन्द गर्ने निर्णय लिइएको छ ।’
चीनले यो दूतावासमार्फत् अमेरिकामा देश विरोधी गतिविधी गरिरहेको आरोप लगाएका छन् ।
चीनले आक्रामक धारणा बनाउँदै जवाफी कारवाहीको कुरा गरेको थियो । चिनियाँ विदेश मन्त्रालयले भनेको थियो, ‘हामी अमेरिकी सरकारसँग आफ्नो अनुचित फैसला तुरुन्त रद्द गर्न आग्रह गर्छौं ।’
यसअघि अमेरिकी मिडियामा केही रिपोर्ट आएको थियो जसमा चिनियाँ दूतावासभित्र ठूलो परिमाणमा दस्तावेज जलाइएको जानकारी दिइएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ