शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु

शुक्रबार, ०९ साउन २०७७, १४ : १९
शुक्रबार, ०९ साउन २०७७

पर्सा । वीरगन्जमा शुक्रबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।   वीरगन्जको गण्डक अस्थायी कोबिड अस्पतालको आइशोलेनशमा भर्ना भएर उपचार गराइरहेकी ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्य भएको हो । 

मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएपछि उनलार्इ बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । 

संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नेपाली सेनाको चन्डीप्रसाद गणका कर्णेल मदनजङ्ग राणाले जानकारी दिएका छन् । शव व्यवस्थापन कहाँ लगेर गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप